

-
काठमाडौं : नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।
कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।
भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो ।
इन्डियन आयल कर्पोरेसनले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ । निगमले यही मूल्यमा इन्धन बेच्दा १५ दिनमै ८० करोड रुपैयाँ नाफा कमाउने देखिन्छ । तर डेढ वर्षमा निगमले ५५ अर्ब रुपैयाँ गुमेको बताउँदै आएको छ।
आयल निगमको सञ्चित कोषको पैसा पनि सकिएको र ४० अर्ब रुपैयाँ ऋणमा रहेकाले तत्कालै भाउ घटाउन नसकिने भन्दै निगमले आनाकानी गर्दै आएको छ ।
News Desk 0 response शनिबार, अशोज २२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



