• काठमाडौं : सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

    लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् ।