

-
मकवानपुर : सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन अहिले बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको यो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइला अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।
कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरिदका लागि टेन्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दशैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए ।
एक पटक टेन्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भइ आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।
दैनिक सात सय ५० मेट्रिक टन र वार्षिक दुई लाख ६० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि अहिले उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात् झन्डै चारदेखि पाँच सय मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ ।
उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ । उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ रुपैयाँ नोक्सान भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको यो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको छ । आव २०७५/०७६ मा उधोगले एक करोड पाँच लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि आव २०७६/०७७ मा २३ करोड ८२ लाख, २०७७/०७८ मा १७ करोड चार लाख रुपैयाँ उद्योगलाई घाटा भएको थियो । गएको आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आम्दानी गरेर एक अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।
कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योगको वर्तमान समस्या हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए ।
News Desk 0 response आइतवार, अशोज ९, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



