• काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् ।

    आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको हो ।

    सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो ।
    प्रचण्डले मंसीर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ नै रोज्ने पक्का छ । अरु केन्द्रीय सदस्यलाई समेत प्रदेशका १३ जिल्लामा कमाण्डर बनाएर खटाइएको छ ।