

-
काठमाडौं : चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएको छ । आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार (२४ अगष्ट) सम्मका लागि लकडाउन थप गरेको हो ।
लकडाउन लम्बिएपछि दशैं–तिहार लक्षित व्यापारका लागि नेपाली व्यापारिले आयात गरेका लत्ता कपडा भएको कयन मालबहाक ट्रक अलपत्र परेका छन् । तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त सूचनाअनुसार तिब्बतका सिगात्से, केरुङ र न्यालम जिल्लामा संक्रमण फैलिएको छ । जसका कारण तिब्बत क्षेत्रमा थप कडा लकडाउन गरिएको छ । ती क्षेत्र भएर नेपालका लागि मालवस्तु बोकेका ट्रक तथा कन्टेनरहरु आउने गर्दछन् ।
लकडाउन थप भएसँगै त्यहाँ रहेका मानिसहरुमा कोभिड–१९ परीक्षण र उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य तीब्र पारिएको छ ।
अहिले तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर आम मानिसमा कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचार जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली लगायतका अन्य कसैलाई पनि तिब्बत नआउन त्यहाँको प्रशासनले सूचना जारी गरेको एक व्यापारीले बताए ।
नेपालका लागि माल वस्तु लिएर गुडेका ट्रक तथा कन्टेनरहरुको संख्या, माल वस्तु र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे यकिन गर्न ट्रान्स्पोर्टर र आयातकर्तासँग प्रशासनले जानकारी माग गरेको र तत्काल ती ट्रक गन्तव्यतर्फ गुड्ने सम्भावान निकै कम रहेको सूचना अनौपचारिक रुपमा दिइएको व्यापारीहरुले बताएका छन् ।
तिब्बतका सार्वजनिक स्थान, सडक र कुनै पनि क्षेत्रमा मानिसहरु हिंड्न र अन्य गतिविधि गर्न पनि रोक लगाइएको छ । तिब्बत सरकारले कोरोना महामारी बढेको भन्दै २१ साउन ९६ अगष्ट० देखि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिरहेको छ । कोरोनाकै कारण चीनले नेपालतर्फका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी २१ साउनदेखि र तातोपानी नाका २५ साउनदेखि सिल गरेको थियो ।
नाका सिल भएका कारण दशैं–तिहार लक्षित व्यापारका लागि नेपाली व्यापारिले आयात गरेका लत्ता कपडा र स्याउ बोकेका कन्टेनर सिगात्सेमा फसेका छन् । बाटोमा रोकिएका झण्डै एक सय कन्टेनरमा एक अर्ब बढीको मालवस्तु भएको व्यवसायीहरुले बताएका छन् ।
News Desk 0 response आइतवार, भदौ ५, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



