

-
बागमती : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ ।
आयोगको हेटौँडास्थित कार्यालयमा गत आवमा एक हजार छ सय उजुरी परेको थियो । सोमध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको कार्यालयद्वारा जानकारी दिइएको छ । अर्थात् सो कार्यालयले उक्त अवधिमा ७० दशमलव ७५ प्रतिशत उजुरी फर्छ्योट गरेको हो ।
फर्छ्योट हुन बाँकी रहेका चार सय ६८ वटा उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको बताइएको छ । सबैभन्दा बढी उजुरी बारा जिल्लाको छ भने सबैभन्दा कम सिन्धुपाल्चोक र रसुवाको उजुरी रहेको कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।
कार्यालयका अनुसार बारा जिल्लाका तीन सय ९१, रौतहट जिल्लाका तीन सय ७४, मकवानपुर जिल्लाका तीन सय १०, पर्सा जिल्लाका दुई सय ८६, चितवन जिल्लाका एक सय ६६, दोलखा जिल्लाका १८, धादिङ जिल्लाका १८, काभे्रपलाञ्चोक जिल्लाका १५, रामेछाप जिल्लाका ( अघिल्लो वर्षको सरेर आएको) १२, नुवाकोटका चार, सिन्धुपाल्चोकका तीन र रसुवाका तीन वटा गरी कूल एक हजार छ सय उजुरी कार्यालयमा परेको थियो ।
ती उजुरीमध्ये बारा जिल्लाका दुई सय ७१, रौतहटका दुई सय ८६, मकवानपुरका दुई सय २७, पर्साका एक सय ७९, चितवनका एक सय ३४, दोलखाको नौ, धादिङको नौ, काभ्रेपलाञ्चोकका सात, रामेछापका तीन, नुवाकोटका तीन सिन्धुपाल्चोकका एक तथा रसुवाका तीन वटा उजुरी फर्छ्योटभएको सो कार्यालयका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले बताए ।
सो कार्यालयमा स्थानीय तह र शिक्षातर्फका सबैभन्दा बढी उजुरी रहेको छ । मन्त्रालयगतअनुसार स्थानीय तह (सङ्घीय मामिला) का सात सय ७८ वटा, स्थानीय शिक्षा तर्फका दुई सय ८९, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फका एक सय २१, प्रदेश उद्योग पर्यटन वन तथा वातावरण (वन वातावरणतर्फ) का ९७ तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ३९ तथा अन्य दुई सय ७६ वटा उजुरी परेको बताइएको छ ।
साथै कार्यालयले बितेको आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएको ८७ वटा उजुरी फर्छ्योट गरेको बताइएको छ । हेटौँडाको यस कार्यालयले रौटहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक र दोलखा गरी जम्मा ११ वटा जिल्ला हेर्दै आएको छ । रसुवा र दोलखा जिल्लालाई त्यहीँको प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्योजन गरिएको हो ।
News Desk 0 response बिहिबार, साउन १९, २०७९

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



