

-
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज मङ्गलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए ।
उनले भने, ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किसानका महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरूले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानको घर–खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानलाई पेन्सनको कुरा बजेटमा आएको छ । कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । सबै उमेरकालाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाण्डौका लागि चाहिने तरकारी काठमाण्डौ आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा अबको ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छौँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयनमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’
मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडेमात्रै देशको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताए।
News Desk 0 response मङ्लबार, साउन १७, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



