

-
काठमाडौं : धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई क्षतिबाट बचाउनका लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ ।
आज बिहीवार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष २०७९र०८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि चालु आर्थिक वर्षभित्रै कानुनी आधार तयार पार्ने बताए ।
अध्यक्ष हमालले धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्शन सिस्टम लागू गर्ने योजना अगाडि बढाउने बताए । उनले पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानून बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना रहेको बताए । अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीले शेयर बजारमा लगानी गर्न सक्ने गरी सी आस्वाको व्यवस्था गर्ने, एनआरएनएले लगानी गर्नसक्ने ढोका खोल्ने बताए ।
अध्यक्ष हमालले नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको शेयर कारोबार गर्न एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याउने बताए । उनले अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एउटै प्लेटफर्मबाट शेयर खरिदरबिक्री हुँदै आएको भन्दै चालु आवदेखि साना तथा मझौला कम्पनीका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने बताए । हमालले व्यावसायिक कृषि कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन नयाँ स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउने उल्लेख गरे ।
उनले बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाइ छिटो सेवा प्रवाह गर्ने एवम् विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गरिने बताए । बजारमा हुने चलखेल र अनुचित क्रियाकलापलाई निरुत्साहित गर्न विश्वस्तरीय प्रविधि एवम् प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरीवेक्षण प्रणालीलाई आर्टिफिसिल इन्टेलिजेन्स (एआई) मा आधारित रेन्जटेचमार्फत चुस्त बनाउने उनको भनाइ छ ।
अध्यक्ष हमालले बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई म्यारिट वेस फाइल एप्रुभल सिस्टमका आधारमा प्रक्रिया अगाडि बढाइने बताए । उनले वास्तविक क्षेत्र तथा अन्य क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकृत गर्नका लागि आवश्यक हुने नीति कार्यविधि तथा प्रविधिको व्यवस्था मिलाइने पनि उल्लेख गरे ।
News Desk 0 response बिहिबार, साउन १२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



