

-
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताएका छन् । आज आइतवार नेपाल उद्योग परिसङ्घको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्याउने लक्ष्य रहेको बताए ।
प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न उद्योगीहरूसँग आग्रह गरे । उनले भने, ‘भर्खरै सार्वजनिक भएको मौद्रिक नीतिमा कृषि क्षेत्र, उत्पादनमूलक, निकासीजन्य उद्योगको विकासका लागि सहयोग पुर्याउने कुरा छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध देशको रूपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिए । उनले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महँगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । उनले देशले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुवै चाप परेको स्थिति छ । सरकार र निजी क्षेत्रले दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशको गरिबी तथा आर्थिक असमानता हटाउन तपाईँहरूले आफ्ना पुँजी, प्रविधिहरूलाई त्यसतर्फ केन्द्रित गर्न आवश्यक छ । विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरू बढाउनुस् । ’
कृषि क्षेत्र देशको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र देशको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाइ पेट्रोलियम पदार्थको आयातको उपयोगलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । उनले उद्योगी, व्यवसायीहरूले तत्कालीन लाभ लिने क्षेत्रमा मात्र नभइ दीर्घकालसम्म देशको आर्थिक विकासमा सहयोग पुग्ने, देशभित्रको कच्चा पदार्थको अति उत्तम परिचालन गरी निकासी बढाउने र देशको अर्थतन्त्रको जग बलियो बनाउने कुरामा लगानी बढाउन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रलाई थप बिग्रिन नदिन र ट्र्याकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको सुनाए । उनले निजी क्षेत्रलाई उद्यम, व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था, पूर्वाधार सुविधा उपलब्ध गराउन सरकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै देशभित्र उद्योग व्यवसायको पर्याप्त विकासविना आर्थिक विकास र समृद्धि आउन नसक्ने दाबी गरे ।
News Desk 0 response आइतवार, साउन ८, २०७९

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



