

-
बैतडी : पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन् ।
दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् ।
पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनीहरु छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ ।
अस्पताल स्थापना भएको विसं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन् । जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए । अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन् ।
अस्पतालमा गर्भवतीको शल्यक्रिया गरेर प्रसूति गराउने व्यवस्था रहिआएको छ भने अन्य शल्यक्रिया सेवा पनि थप गरिने अस्पताल प्रमुख डा श्रेष्ठले जानकारी दिए । अहिले सामान्य अवस्थाका बिरामीले धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ ।
यसबीच जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा पुनः सुरुआत भएको छ । मेसिन बिग्रेर बन्द रहेको थाइराइड जाँच सेवा मेसिन मर्मतपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ । थाइराइड जाँचका लागि रु ३०० देखि ७०० सम्म खर्च हुने बताइएको छ ।
शरीरमा थाइराइड कम भएमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाको महिनावारी अनियमित हुनेलगायतका लक्षण देखापर्ने चिकित्सकले जनाएका छन् ।
News Desk 0 response मङ्लबार, साउन ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



