

-
सप्तरी : सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित बजेट बराबरको काम नगरी निर्माण व्यवसायी, कर्मचारी र राजनीतिक दलका नेताहरुले अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो ।
नगर प्रमुखमा निर्वाचित हुनुअघि न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकका रूपमा रहेका यादवमाथि अख्तियारले अभियोजन दायर गरेको हो । यादव इँटा व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घका पूर्व अध्यक्षसमेत हुन् । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनबाट यादव नगर प्रमुखमा निर्वाचित भएका हुन् । त्यसअघि यादवले ठेक्कापट्टा गर्दै आएका थिए । उनले र उदय निर्माण सेवाले रङ्गशाला निर्माणको जिम्मा लिएको थियो ।
जिल्ला खेलकुद विकास समिति र कन्स्ट्रक्सनहरुबीच सम्झौता भएको निर्माण कार्यमा आरोपितहरुले निर्धारित सर्त तथा मापदण्ड विपरीत कार्य गरेको आरोप छ । मापदण्ड विपरीत कार्यलाई गुणस्तरयुक्त, सर्त तथा मापदण्डबमोजिम भएको हो भनी प्रमाणित, स्वीकृत गराई बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।
काम गरेको भन्दा बढी भुक्तानी लिएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा कन्स्ट्रक्सन र सञ्चालकहरुलाई कैद एवं जरिवाना कायम गरी हुनआएको बिगोसमेत जफत हुन मागदाबी लिइएको छ । अभियोजनमा न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालक यादवका हकमा रु दुई लाख ६३ हजार ४६८ बिगो कायम गरिएको छ ।
अख्तियारले जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध रु १३ लाख २७ हजार ४३०, तत्कालीन कार्यालय प्रमुख लक्ष्मण मण्डलविरुद्ध रु पाँच लाख ६९ हजार ८१० र मण्डल पछिका तत्कालीन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवविरुद्ध रु सात लाख ५७ हजार ६२० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
न्यासुरले नापी किताब भुक्तानी बिल र कार्यसम्पादन प्रतिवेदन जाँच नगरीे स्वीकृत गरेको तथा भए गरेको कुरा लुकाइछिपाई, नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत प्रतिवेदन स्वीकृत गरी भुक्तानी गरेको आरोप छ ।
यसैगरी रङ्गशालाको स्तरोन्नति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई रु १० लाख ६३ हजार ९६२, जिल्ला विकास समितिका तत्कालीन इन्जिनियर विकास श्रेष्ठविरुद्ध रु १३ लाख २७ हजार ४३० र जिल्ला खेलकुद विकास समितिका तत्कालीन उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध रु दुई लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । बर्माले रु दुई लाख पेस्की लिएर फछ्र्यौट गर्न नसकेको अख्तियारले जनाएको छ । उनलाई पेस्की दिने तत्कालीन अध्यक्ष न्यासुर र तत्कालीन कार्यालय प्रमुख मण्डलविरुद्ध पनि उक्त रकम बिगो कायम गरी असुल उपर गर्न माग गरिएको छ ।
आरोपितहरुले निर्धारित सर्त तथा मापदण्ड विपरीतको कार्यलाई मापदण्डबमोजिम नै भएको भनी प्रमाणित वा स्वीकृत गरेको, फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्याङ्कन गरी चढाएको तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरेको एवं निर्धारित सर्त तथा मापदण्डबमोजिम काम नगरी/नगराई गलत प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरी सरकारी रकमको हिनामिना गरेको आरोप छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दफा ३६ बमोजिम मुद्दा दायर भए मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था छ ।
News Desk 0 response बिहिबार, असार ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



