
-
काठमाडौं : नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने भएको छन् ।
आज बिहीवार काठमाडौमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिनेबारेमा छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताए । उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको सुनाए ।
उहाँले भन्नुभयो, ‘देशको अहिलेको समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था र आउँदै गरेको चुनावको बारेमा छलफल भएको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भएको बताए । उनका अनुसार बैठक भोलि (शुक्रवार) २ बजेपछि फेरि बस्ने गरी स्थगित भएको छ ।
News Desk 0 response बिहिबार, असार १६, २०७९


सम्बन्धित शीर्षकहरु
-
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय..
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९ -
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
बुधबार, साउन २५, २०७९
-
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९ -
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
बुधबार, साउन २५, २०७९ -
पानीमा डुबेर दुई जनाको मृत्यु
बुधबार, साउन २५, २०७९
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको निर्देशनमा ..
आइतवार, साउन १५, २०७९ -
भण्डारी पुत्र खेन्पो कमल बौद्ध महासंघको अध्यक्ष
बुधबार, साउन १८, २०७९ -
नयाँ निर्वाचनको मिति घोषणा ४८ बिधेयक अझै..
बिहिबार, साउन १९, २०७९ -
सरकारनै प्रदेश बिरोधी,एक बर्षमा एक पटक पनि..
आइतवार, साउन १५, २०७९ -
अनावश्यक भर्ती समस्याले सार्वजनिक संस्थान चुर्लुम्मै
आइतवार, साउन २२, २०७९