
-
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा (एकीकृत समाजवादी) तर्फ इङ्गित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने टिप्पणी गरेका छन् ।
आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले नेताहरूले समाजवादको कुरा गरे पनि व्यवहार भने त्यसअनुसार नभएको बताए।
वरिष्ठ नेता पौडेलले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी चरित्र नभएको टिप्पणीसमेत गरे । उनले भने, ‘ एउटा पार्टीमा सरकारका मन्त्री भएका छन् । चार दिन काम गर्न पाएका छैनन्, उसलाई हटाउनुपर्ने, फेरि–फेरि पालैपालो पुर्याउनुपर्ने पनि पार्टी सिस्टम हो ? समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? कसरी आउँछ ? हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ कि आउँदैन त्यो महत्त्वपूर्ण कुरा छ ।’
नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृत्ति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता, कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको बताए ।
News Desk 0 response सोमवार, असार १३, २०७९


सम्बन्धित शीर्षकहरु
-
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन
बुधबार, साउन २५, २०७९ -
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय..
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९
-
प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन
बुधबार, साउन २५, २०७९ -
वरिष्ठ छायाँकार विदुर पाण्डेको निधन
बुधबार, साउन २५, २०७९ -
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
बुधबार, साउन २५, २०७९ -
श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
बुधबार, साउन २५, २०७९ -
घरायसी विवादमा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
बुधबार, साउन २५, २०७९
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको निर्देशनमा ..
आइतवार, साउन १५, २०७९ -
भण्डारी पुत्र खेन्पो कमल बौद्ध महासंघको अध्यक्ष
बुधबार, साउन १८, २०७९ -
नयाँ निर्वाचनको मिति घोषणा ४८ बिधेयक अझै..
बिहिबार, साउन १९, २०७९ -
सरकारनै प्रदेश बिरोधी,एक बर्षमा एक पटक पनि..
आइतवार, साउन १५, २०७९ -
निहारिका राजपूत प्रहरी नियन्त्रणमा
शुक्रबार, साउन २०, २०७९