

-
काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।
आउँदो आर्थिक वर्षका लागि प्रदेश(१ सरकारले झन्डै ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश(१ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ ।
त्यस्तै, वाग्मती प्रदेश सरकारले सङ्घीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउँदैछ ।
गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्दैछन्। गण्डकी प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । अहिलेको भन्दा केही आकार बढेर आउने बताइएको छ ।
यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा जोड दिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो।
News Desk 0 response बुधबार, असार १, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



