

-
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताएका छन्। आज आइतवार काठडौंमा आयोजित आईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गरे ।
मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘यो बजेटले रेमिट्यान्सको रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने महत्त्वकाङ्क्षी लक्ष्य राखेको छ । हामीलाई प्रकृतिले उपलब्ध गराएको वस्तुहरू, प्राकृतिक स्रोतको परिचालन गरेर, तिनको उत्खनन, प्रशोधन, प्याकिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने र त्यसबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य हामीले राखेका छौँ । उत्पादन वृद्धि गरेर निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
अर्थमन्त्री शर्माले पूर्वाधार क्षेत्रमा लगानी भित्र्याएर तरलतालाई कम गर्दै लगिने पनि बताए। उनले केही नीतिगत कुराले पनि तरलतामा असर गरेको भन्दै त्यसमा पनि आवश्यक सुधार गरिने बताए । उनले नीतिगत सुधार गर्दा व्यवसायीहरूको मागलाई पनि ध्यान दिइने बताए ।
उनले भने, ‘अब हामी विभिन्न क्षेत्रको लगानी भित्र्याउनेछौँ । पूर्वाधार क्षेत्रमा हामी लगानी भित्राउने छौँ । लगानी भित्र्याउने र हामीसँग भएको पुँजीको परिचालन गर्ने कुराबाट तरलतालाई कम गर्दै जान सकिन्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’
मन्त्री शर्माले श्रमयोग्य जनशक्तिलाई उनीहरूको चाहनाअनुसारको तालिम दिएर योग्य जनशक्ति बनाइने बताए । मन्त्री शर्माले व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि उत्पादनमा आधारित कामलाई अगाडि बढाउनुपर्ने र आत्मनिर्भर हुनुपर्ने बताए ।
News Desk 0 response आइतवार, जेष्ठ २९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



