

-
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ नै उत्पादन गर्नुपर्ने बताएका छन् । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै अर्थमन्त्री शर्माले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने बताए । उनले भने, ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहिँ अब हुँदैन । बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ, बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ, बाहिरबाट आउनुभएन । हामी सबै बाहिरबाट ल्याउँछौँ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौँ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पदार्थमा तपाईँहरूलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’
अर्थमन्त्री शर्माले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे ।
यसैबीच मन्त्री शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै कृषि क्षेत्रलाई सम्मान र माया गर्न पनि आग्रह गरेका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ २२, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



