• काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्ने भएको छ ।

    सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेको साथै अमेरिकी डलरको भाउ समेत उच्च भएको कारण मूल्य पनि आकासिएको छ ।