• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्।

    साह ६१ हजार सात सय ६६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुँदा उनको निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरिन्। नेकपा एमालेका केशव स्थापितले ३८ हजार एक सय १५ मत प्राप्त गरे।

    उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन्। डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार आठ सय ६ मत प्राप्त गरे।

    पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भएको छ।