• बाजुरा : बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।

    आज बिहीवार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ । उनीहरूलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    बूढीगङ्गा नगरपालिकामा दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो ।