

-
काठमाण्डौ : पालिका चुनाव सम्पन्न भएको १२ दिन भइसकेपनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । काठमाण्डौ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने अझै मतगणना सुरु हुन सकेको छैन ।
पछिल्लो पटक प्राप्त विवरण अनुसार काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार चार सय ३२ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार तीन सय ९७ मत प्राप्त गरेकी छिन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार सात सय ५६ मत प्राप्त गरेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका बलदेव चौधरी सात सय ४४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका वसन्तकुमार बस्नेतले तीन सय ४४ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा (माओवादी केन्द्र) की गीता खड्का कार्कीले आठ सय १८ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिस्पर्धी कांग्रेसकी सरिता राईले तीन सय २० मत प्राप्त गरेकी छिन् ।
रौतहटको गरुडा नगरपालिकको मेयरमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार आठ सय सात मतका साथ अगाडि छन्। उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् ।
उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरीले पाँच हजार एक सय ४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालकी विन्दुकुमारी देवीले तीन हजार एक सय ६४ मत प्राप्त गरेकी छिन् ।
रौतहटकै फतुवा विजयपुर नगरपालिकाको मेयरमा कांग्रेसका गोपाल राय यादवले चार हजार एक सय १७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार नौ सय २२ मतका साथ पछि छन्। उपमेयरमा कांग्रेसकी अमवेया खातुनले चार हजार दुई सय ५१ मत र एमालेका कान्ती देवीले तीन हजार दुई सय ७० मत प्राप्त गरेका छन् ।
सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस एक सय ३८ नगरपालिका र एक सय ८८ अध्यक्षसहित तीन सय २७ स्थानमा विजयी भएको छ । एमाले ८१ नगरपालिका र एक सय २३ गाउँपालिकासहित दुई सय चार स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी एक सय २१ पालिकामा विजयी भएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ११, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


