• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतको अग्रता बनाएका छन् । १ लाख ६६ हजार ३१३ मत गणना भइसक्दा साहले प्राप्त गरेको मत ५४ हजार २१३ पुगेको छ ।

    कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइ रहेकी छिन् । एमालेका उम्मेदवार केशव स्थापित भने सिर्जना सिंहलाई भेट्टाउन खोजी रहेका छन् । सिर्जना सिंहले ३४ हजार १८० मत पाएकी छिन् । सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि छिन्। यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाएका छन् ।

    यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेकी छिन् । डंगोलले ६० हजार ६ सय ७५ मत ल्याएका छन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएका छन् ।