• तनहुँ : तनहुँको व्यास नगरपालिकाकाको मेयरमा कांग्रेका उमेद्वार वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।

    मेयरमा न्यौपानले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत पाए ।

    यहाँको चुनावमा भने एमालेको समर्थन पाएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर भएको छ । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि थिए । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगे र वडा नम्बर १० को गणना गर्न थालेपछि वैकुण्ठले दीपकराजलाई पछाडी पार्दै मेयर बन्न सफल भए ।

    यसैगरी उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

    यस अघि पनि व्यासको मेयरमा वैकुण्ठ न्यौपाने नै थिए ।