

-
सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । उपमेयरमा भने नेकपा (एमाले) की उम्मेदवार सङ्गीता कुमारी चौधरी विजयी भइन् ।
मेयरमा एमालेका यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५ हजार १८ मतान्तरले पराजित गरे । निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएका जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेल ३१ हजार ४९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८ हजार ३१ मत पाए।
उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ३२ हजार ४ सय ३६ मत पाइन्। उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले १८ हजार ३१ मत ल्याए । इटहरीमा ७३ हजार ८ सय २३ मत खसेको थियो ।
२० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा कांग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
२०७४ को चुनावमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यो पटक भने ५ वटा मात्रै वडा जितेको छ । एमालेले भने यो पटक उपमेयर र वडामा बहुमत जित हासिल गरेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ८, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


