

-
काठमाण्डौ : स्थानिय निकाय चुनाव २०७९ मा ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । त्यस्तै एमालेले १८४ पालिका प्रमुख जितेर अघिल्लो चुनावमा भन्दा निक्कै कमजोर अवस्थामा दोश्रो स्थानमा छ । माओवादी केन्द्र भने अघिल्लो चुनावको तुलानमा निक्कै सुधारिएको छ । माओवादी केन्द्रले ११४ पालिकाको प्रमुखमा जित निकालेको छ ।
नेपाली कांग्रेस
दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।
नेकपा एमाले
दोस्रो स्थानमा रहेको एमालेले ६३ वटा नगरपालिकाको मेयर र एक सय २० वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८५ वटा नगरपालिकाको उपमेयर, एक सय २० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।
नेकपा माओवादी केन्द्र
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले सात वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष गरी १५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एकीकृत समाजवादीले आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।
जसपा
जनता समाजवदी पार्टी जसपाले चार वटा नगरपालिकाको मेयर, १७ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।
अन्य/स्वतन्त्र
बाँकी पालिकामा राप्रपा, जनमोर्चा, नेमकिपा, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ ६, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


