• काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्।

    उनी यसअघि १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका थिए । यसपालि पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २८२ मतले पराजित भएका छन्।

    नेपाली कांग्रेसबाट उम्मेदवार उनकै ४४ बर्षीय भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका ल्याएर उनलाई पराजित गरेका हुन्।

    नरसिंहले भने ५४३ मत मात्रै ल्याउन सफल भए। आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरे पनि आफू बाँचुञ्जेल समाजसेवामा रहने बताएका छन् । यसपाली उनले पुतली चुनाव चिन्ह पाएका थिए।