• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् ।

    महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत ल्याइसकेका छन्। शाह एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि देखिन्छन् । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त ल्याएका छन् ।

    त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गरेकी छिन् ।
    उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनीले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याउनु भएको छ। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाएका छन् ।