• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत कटाएका छन् ।

    पछिल्लो मत परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि रहेका छन् ।

    स्थापितले अहिलेसम्म नौ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले आठ हजार ६ सय १७ मत प्राप्त गरेकी छिन् ।

    यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै राखेकी छिन् । उनले अहिलेसम्म १७ हजार आठ सय २६ मत पाएकी छिन् ।