• हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा ३३ हजार ५७८ मत गणना सकिंदा पहिलो स्थानमा गठबन्धनकातर्फबाट एकिकृत समाजबादीका मेयर उम्मेदवार मिनाकुमारी लामा अगाडि छिन्। उनले १० हजार ४ सय १० मत प्राप्त गरेकी छिन्।

    उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ९ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

    हिजोसम्म फराकिलो मतान्तरबाट पछी परेका नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै लैजानु भएको छ । पौडेलले ९ हजार २५ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनकातर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले १५ हजार ४ सय ५५ मत प्राप्त ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले १० हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका इन्दिरा न्यौपाने डल्लाकोटीले १ हजार ४ सय ४८ मत प्राप्त गरेकी छिन् ।