• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् ।

    पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि देखिन्छन् । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गरेका छन् ।

    त्यस्तैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गरेर पछ्याइरहेकी छिन् । उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनीले १२ हजारभन्दा धेरै मत ल्याएकी छिन् ।