• काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले फराकिलो अग्रतालाई निरन्तरता दिएका छन्।

    पछिल्लो परिणाम अनुसार २९ हजार ३५३ मत गणना हुँदा बालेनले ११ हजार ४२ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार १६५ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ ९सिंह० ले ५ हजार ३८५ मत पाएकी छिन्।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले १ हजार २ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले ७८५ मत पाएका छन्। १ हजार ४९ मत भने बदर भएको छ।

    काठमाडौं महानगरको ३२ वडा मध्ये दुईवटामा एमालेले जित हासिल गरिसकेको छ। बाँकी ३० वटा वडामा वडा ३, ४,५,६, २९, ३१ र ३२ मा मतगणना जारी छ।