• मकवानपुर : हेटौँडामा उपमहानगरपालिकामा राप्रपाले अग्रता बनाएको छ । पछिल्लो मतगणना अनुसार राप्रपाका दीपक सिंहले अग्रता बनाएका हुन् ।

    अहिलेसम्म हेटौँडा उपमहानगरको २२ हजार ८ सय ५० मत गनिसक्दा राप्रपाका सिंहले ८ हजार २ सय ६५ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनकातर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले ८ हजार ६७ प्राप्त गरेकी छिन् ।

    एमालेका अनन्त पौडेलले ६ हजार ५ सय २१ मत ल्याएका छन् । यसैगरी उपमेयरमा भने गठबन्धनका तर्फबाट राजेश बानियाँले ११ हजार ७ सय ९१ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ मत ल्याएकी छिन् ।

    राप्रपाका इन्दिरा डल्लाकोटीले २ हजार १० मत प्राप्त गरेकी छिन् ।