

-
काठमाडौं । पछिल्लो मत परिणाम अनुसार मुलुकका ६ वटा महानगरमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् भने ललितपुर र विराटनगरमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
यसैगरी पोखरा महानगरपालिकामा सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले अग्रता लिदा वीरगन्ज महानगरमा सत्ता गठबन्धनकै जसपाले अग्रता लिएको छ। यस्तै भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले नै अग्रता लिएको छ। भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले नै थोरै मतले भएपनि अग्रता लिएकी छन्।
यसअघिको सवैभन्दा धेरै ठाउँमा जित्न सफल एमाले भने अहिले ६ वटै महानगरमा पछि परेको देखिन्छ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार शाहले ९ हजार ६ सय १४ मत पाएका थिए।उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ५७ मत ल्याएर पछ्याइरहेका छन्। उनी शाहभन्दा करिब ४५ सय मत अन्तरले पछि छन्।
बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।
तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ७७ मत ल्याएकी छिन्।भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा मंगलबार बिहानसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन्।
काँग्रेका बागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भुईँकटर चिन्हमा २७८८ मत पाएका छन्।
उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा–एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन्। १८,१२० को मत परिणाम अनुसार धनराजले ७४१४ मत ल्याउँदा एमालेका कृष्ण थापाले ६५४५ मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले ७४३८ मत ल्याएकी छिन्। मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा हालसम्म १९ हजार ७ सय ८० मत गणना भएको छ।मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइरालाले ६६०० मत ल्याउँदै अग्रता कायम गरिरहेका छन्। उनलाई एमालेका सागर थापाले ४८९१ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार उमेश यादवले२०८८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५५७७ मत ल्याएका छन्। जसपाका अरमेन्द्र यादवले ३७८९ मत प्राप्त गरेका छन्।
वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। सत्ता गठबन्धनबाट मेयर पदका उम्मेदवार जसपाका राजेशमान सिंहले ५८२७ मत ल्याएर अग्रता लिइरहेका छन्।उनलाई एमाले–लोसपा गठबन्धनका विजय सरावगीले २५७३ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रोमा रहेका राप्रपाका गिरिश गिरीले १९० मत पाएका छन्।
उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता लिएका छन्। कांग्रेस नेता इम्तियाज आलमले ३७२६ मत ल्याउदा लोसपाका पुरूषोत्तम लाल झाले ६३३ मत पाएका छन्।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले हालसम्म ५९८४ मत ल्याएर अगाडि छन्। उनलाई नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २२२० मत ल्याएर पछ्याइरहेका छन्।ललितपुरको उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ। उपमेयरका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २६५६ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बाबुराजा महर्जनले १९६७ मत ल्याएका छन्।
News Desk 0 response मङ्लबार, जेष्ठ ३, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



