
-
काठमाण्डौ : पालिका चुनाव २०७९ मा अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १२ वटा नगरपालिका र ६४ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । यस्तै ९५ वटा नगरपालिका र एक सय ६ वटा गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार अगाडि रहेका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै कांग्रेसले आठ वटा नगरपालिकाको उपमेयर र ६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितिसकेको छ । ७० वटा नगरपालिकाको उपमेयर र ९६ वटा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । कांग्रेसले अहिलेसम्म एक हजार दुई सय ३० वडाध्यक्ष, एक हजार दुई सय १६ महिला सदस्य, एक हजार एक सय ७७ दलित महिला सदस्य र दुई हजार चार सय १६ सदस्य पदमा जित निकालेको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले तीन वटा नगरपालिकाको मेयर र ४५ वटा गाउँपालिकाको अध्यक्ष गरी ४८ वटा पालिका प्रमुखमा जित निकालेको छ भने ५७ नगरपालिका र ५९ गाउँपालिकाको प्रमुख पदमा अगाडि रहेको छ ।
एमालेले ६ वटा नगरपालिकाको उपमेयर र ४१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । ७५ वटा नगरपालिकाको उपमेयर र ६८ वटा गाउँपालिकाको उपाध्यक्षमा एमाले अगाडि छ । यस्तै एमालेले नौ सय ४१ वटा वडाको अध्यक्ष जितेको छ । एमालेले एक हजार २० महिला सदस्य, नौ सय ९४ दलित महिला सदस्य र दुई हजार ४५ सदस्य जितेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले दुई वटा नगरपालिकाको मेयर र ३४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । माओवादी केन्द्र १९ नगरपालिका र ४८ गाउँपालिकाको प्रमुखमा अघि छ ।
माओवादी केन्द्र तीन नगरपालिकाको उपमेयर र ३० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले पाँच सय ३१ वडाध्यक्ष, पाँच सय एक महिला सदस्य, पाँच सय २५ दलित महिला सदस्य र नौ सय ४३ सदस्य जितेको छ ।
यस्तै एउटा नगरपालिका नेपाल मजदुर किसान पार्टीले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा नगरपालिकाको मेयर जितेका छन् । नेकपा एकीकृत समाजवादीले दुई वटा गाउँपालिकाको अध्यक्ष र एउटा गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ २, २०७९


सम्बन्धित शीर्षकहरु
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
मधेसको कृषि मन्त्रालयमा ५ बुँदे माग राख्दै..
बिहिबार, असार १६, २०७९ -
शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने
बिहिबार, असार १६, २०७९ -
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि..
बिहिबार, असार १६, २०७९ -
अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा..
बिहिबार, असार १६, २०७९ -
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न..
बिहिबार, असार १६, २०७९
-
कर्मचारीको जागिरनै धरापमा पार्ने धम्की दिँदै सीटीस्क्यान..
सोमवार, असार १३, २०७९ -
भरतपुर अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण
शुक्रबार, असार १०, २०७९ -
बिकृत बन्दै न्यायालय चुपचाप बस्दै दलका नेता
आइतवार, असार १२, २०७९ -
आफूखुशी प्रहरी संगठन चलाउन समायोजन सम्वन्धि कानुन..
बुधबार, असार ८, २०७९ -
कृषि प्रधान देश, ११ महिनामा साढे ४४..
बुधबार, असार १५, २०७९