• काठमाण्डौ : ताप्लेजुङको मेरिङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युक हां वीर लिम्बुले ९९ मत बढी ल्याई विजयी भएका छन् । उनले दुई हजार आठ सय ६९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजंग लिम्बुले दुई हजार सात सय ७० मत प्राप्त गरेका छन् ।

    उता, उपाध्यक्षमा गठबन्धन कै नेकपा एसका दुर्गाप्रसाद चोङबाङ निर्वाचित भएका छन् । उनले नौ सय ४१ मत बढी प्राप्त गरी निर्बाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले एक हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।