• चितवन : भरतपुर महानगरपालिकाको मेयर प्रतिस्पर्धा तीव्र भइरहेको छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिएकी छिन् ।

    दाहालले ५ हजार ३९ मतसहित अग्रता लिएकी हुन् । उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि छिन् । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३ सय ५५ मत पुर्‍याएका छन् ।

    यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उनले ६ हजार ४३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ४ हजार ४२ मत प्राप्त गरेका छन् ।