• मकवानपुर : हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा उक्लिएका छन् । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई पछाडी पारेका छन् ।

    अहिलेसम्म नौ हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा गठबन्धनका राजेश बानियाँले तीन हजार नौ सय ८२ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले तीन हजार १६ र राप्रपाकी इन्दिरा न्यौपानेले आठ सय तीन मत प्राप्त गरेका गरेका छन् ।