• चितवन : भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रताको अन्तर दुई मतमा सिमित भएको छ ।

    अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत प्राप्त गरेकी छिन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले दुई हजार चार सय २३ मत प्राप्त गरेका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार सात सय ९५ मत ल्याउँदै तेस्रो नम्बरमा छन् ।