

-
काठमाण्डौ । मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ ।
पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिएका छन् । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गरे ।
मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भए । उनले ८६१ मत प्राप्त गरेका छन् । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत प्राप्त गरी विजयी भएका हुन् ।
चामे गाउँपालिकामा एमाले र नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनले ३२० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए ।
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् ।
News Desk 0 response शनिबार, बैशाख ३१, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



