• काठमाण्डौ : अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुईरदुई ठाउँमा जित हासिल गरेका छन् ।

    एमाले :
    मनाङको मनाङ डिस्याङ गाउँपालिका
    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
    मनाङको चामे गाउँपालिका
    डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

    नेपाली कांग्रेस :
    मुस्ताङको घरपझोङ गाउँपालिका
    मनाङको नार्पाभूमि गाउँपालिका

    एकीकृत समाजवादी :
    डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
    डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)