काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् ।
यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।