

-
काठमाडौँ : नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो ।
जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान दिए । उनी ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रनमा अविजित रहे । त्यसैगरी चेपाश झुवायाले ३२ रन जोड्दा ब्राड इभान्सले १७ तथा रोय कैयाले १४ रन जोडे ।
बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए ।
त्यसैगरी करण केसीले २५ रन बनाए भने कुशल भुर्तेल १९ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १८, आरिफ शेखले पाँच तथा रोहित पौडेलले तीन रन जोडे । जिम्बावे ए का ब्राड इभान्सले सर्वाधिक चार विकेट लिए भने भिक्टर न्याउची, ब्रेन्डन मभुताले र चेपाश झुवाओले समान २/२ विकेट लिए ।
आइसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो । दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ ।
News Desk 0 response शुक्रबार, बैशाख २३, २०७९

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


