

-
गोरखा : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको चुनावी तालमेलको प्रयास विफल भएको छ । दुवै पार्टीको केन्द्रीय नेतृत्वले पालुङटारमा चुनावी तालमेल गर्न निर्देशन दिएका थिए । तर नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आज बुधवार एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी र कांग्रेसबीच गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको थियो । तर गोरखा नगरपालिकामा जसपाले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेपछि पालुङटारमा चुनावी सहकार्य हुने वातावरण नबनेको कांग्रेस जिल्ला कार्यसमितिका सभापति नन्दप्रसाद न्यौपानेले बताए । उनका अनुसार जसपाले पालुङटारको मेयर लिने र उपमेयर कांग्रेसलाई दिने तथा गोरखा नगरपालिकामा कांग्रेसले मेयर लिएर जसपालाई उपमेयर दिने गरी चुनावी तालमेलको प्रयास भइरहेको थियो । तर जसपाले गोरखा नगरपालिकामा उपमेयर पाउने गरी कांग्रेससलाई मेयरमा समर्थन गरेकाले आपसी विश्वास कायम रहन नसकेको उनको भनाइ छ ।
गोरखाको ११ वटै पालिकामा सत्ता गठबन्धन बनाएर उम्मेदवारी दिने अवस्था नबनेपछि चार वटै दलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए । यसबीचमा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङटार नगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवासँग छलफल अघि बढाएका थिए।
उम्मेदवारी मनोनयन फिर्ता लिने दिन वैशाख १६ गते बेलुका देउवाद्वारा निर्वाचन अधिकृतको कार्यालयमा पत्र लेखेर आफ्नै पार्टीका मेयर उम्मेदवार कँडेलको टिकट खोसिएको थियो । तर उम्मेदवारी फिर्ता लिएको पत्र बेलुकी ५ बजेभन्दा ढिलो प्राप्त भएको भन्दै निर्वाचन अधिकृतले कँडेलको उम्मेदवारी कायमै थियो । पालुङटारका कांग्रेसका नेता, कार्यकर्ताले सभापति देउवाको त्यो निर्णयको विरोध गर्दै आएका छन्।
News Desk 0 response बुधबार, बैशाख २१, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



