• काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसी फुटबलमाथि ठूलो प्रतिबन्ध लगाएको छ । यूईएफलेले रुसको राष्ट्रिय टिम र क्लबमाथि सोमबार थप प्रतिबन्ध सुनाएको हो ।

    जसको असर आगामी समरमा हुने महिला युरो २०२२ समेत पर्ने छ । यूईएफले रुसको महिला टिमलाई युरो २०२२ मा प्रतिबन्ध लगाएको छ । प्लेअफमा रुससँग पराजित भएको पोर्चुगलले युरो २०२२ मा सहभागी गराउने यूईएफएले निर्णय गरेको छ ।

    यस्तै रुसको कुनै पनि क्लबले आगामी सिजन युरोपको कुनै प्रतियोगितामा सहभागी हुन पाउने छैन ।

    यस्तै रुसले युरो २०२८ वा २०३२ को आयोजनाका लागि पेस गरेको दाबीसमेत अयोग्य भएको जनाएको छ ।