

-
गोरखा : नेपाली कांग्रेस गोरखाले आउँदो पालिका चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । आइतवार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गोरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले ८ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए।
उनले भने, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वाकाङ्क्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने अवस्था अन्त्य भएको दुःखका साथ जानकारी गराउँछु।’
२०७४ सालको पालिका चुनावमा कांग्रेसले जिल्लाका ११ पालिकामध्ये ९ पालिकाको प्रमुख जितेको थियो । अहिले सहमतिका लागि यसअघि जितेका पालिकाको प्रमुख पदको दाबी छोड्दा समेत सहमति बन्न नसकेको सभापति न्यौपानेको भनाइ छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सहमतिका लागि लचिलो बने पनि जनता सामाजवादी पार्टीले भने कम्तीमा २ वटा पालिकाको प्रमुख पाउनु पर्ने अडान नछोडेपछि सत्ता गठबन्धन बनाएर पालिका चुनावमा जाने सम्भावना सकिएको उनले बताए ।
‘जिल्लामा हाम्रो सङ्गठनको तागत र बल अनि पार्टीका साथीहरुको मनोभावना समेत बुझेर एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो, केन्द्रले पनि मित्रवत् प्रतिस्पर्धा गर्न सक्ने भनेको छ’ सभापति न्यौपानेले भने, ‘गठबन्धन वा गठबन्धन बाहिरका कुनै पनि दलसँग अब तालमेल हुँदैन तर संवादको ढोका भने बन्द गरिएको छैन।’
जिल्लाका ११ वटै पालिका र ९४ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने जिल्ला कार्यसमितिको निर्णयसँगै उम्मेदवार छनोटको काम तीव्र रुपमा अघि बढाइएको नेपाली कांग्रेस गोरखाले जनाएको छ।
News Desk 0 response आइतवार, बैशाख ११, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



