

-
काठमाण्डौ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ । त्यसअघि सानेपामै कांग्रेस शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ ।
उम्मेदवार टुङ्गो लगाउन कांग्रेसका शीर्ष नेताबीच हिजो र अस्ति पनि निरन्तर छलफल भएको थियो । तर सहमति जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । कांग्रेसले काठमाण्डौको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटाएको भए पनि ललितपुर र विराटनगरको मेयरमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।
यसैबीच सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक पनि आज बस्दैछ । पालिका चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सहमति नजुटेका ठाउँमा तालमेलको अन्तिम पहल गर्ने प्रयासमा शीर्ष नेता रहेका छन् । गठबन्धनका शीर्ष नेताहरुले यसअघि महानगर र उपमहानगरपालिकाको भागबन्डा टुङ्ग्याएका थिए । तर नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई दिइएको छ।
News Desk 0 response आइतवार, बैशाख ११, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



