

-
काठमाण्डौ : चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गएको आर्थिक वर्षको त्यही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
चालु आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको त्यही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो ।
२८ प्रतिशतले बढ्यो व्यापार घाटा
निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालु आवको नौ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालु आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गएको आवको त्यही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।
यस्तैगरी चालु आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको त्यही अवधिमा १२ खर्ब छ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
दुई खर्बको पेट्रोलियम पदार्थको आयात
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले दुई खर्ब बराबर रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ ।
नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजलको आयात भएको छ । यस अवधिमा एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँ बढीको डिजेल र र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँभन्दा बढीको पेट्रोलको आयात भएको हो ।
४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजार रुपैयाँको सोयाबिन तेल, ३२ अर्ब चार करोड ७८ लाख रुपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।
१६२ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालु आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।
तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख रुपैयाँभन्दा बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ९, २०७९

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



