

-
काठमाण्डौ : जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।
६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो ।
११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । यस्तै घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ । हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।
६ वटा महानगरमा भने सहमति भैसकेको छ । सहमति अनुसार काठमाण्डौमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादी, ललितपुरमा मेयर कांग्रेस र उपमेयर माओवादी, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाबाट उम्मेदवार बन्नेछन् । यस्तै भरतपुरको मेयरमा माओवादी र उपमेयरमा काँग्रेस, पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस तथा वीरगंजको मेयरमा जसपा र उपमेयरमा कांग्रेसबाट उम्मेदवार हुनेछन् ।
भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
News Desk 0 response बुधबार, बैशाख ७, २०७९

सम्बन्धित शीर्षकहरु
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते पम्पमा पानी सुकेको संसदीय समितिको ठहर
सोमवार, साउन १८, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



