

-
ललितपुर : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको तर्क गरे ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे । अध्यक्ष ओलीले चुनाव सारेर पालिकालाई रिक्त बनाउने २०५९ सालमा आफैँले गरेको गरेको गल्ती दोहोर्याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए ।
उनले भने, ‘यो गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ । चुनाव सारेर पालिका तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पारिदिने । अहिले विप्लवलाई अगाडि सार्ने काम भइरहेको छ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्न मिल्दैन । यो देशको हितविरुद्धको षड्यन्त्र हुन्छ । यो षड्यन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’
अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दबाब दिए । त्यस त्यो बहानामा चुनाव सार्न नहुने उनको भनाइ छ ।
News Desk 0 response मङ्लबार, चैत्र २९, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



