

-
काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको दाबी गरेका छन् ।
अर्थ मन्त्रालयमा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताए । उनले भने, ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’
अर्थमन्त्री शर्माले गएको वर्षको तुलनामा आयात ३३ दशमलव नौ प्रतिशत र निर्यात ७२ दशमलव आठ प्रतिशत बढेको भन्दै विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यापार घाटामा चाप पैदा गरेको बताए । उनले नागरिक र व्यवसायीलाई हतोत्साहित गर्ने गरी नकारात्मक प्रचारबाजी नगर्न आग्रह पनि गर्नुभयो । उहाँले अर्थतन्त्रमा राजनीतिकरण गर्न नहुने भन्दै अहिले अर्थतन्त्रलाई लिएर सुरु भएको राजनीतिले देशलाई घाटा गर्ने बताए । उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।
अर्थमन्त्री शर्माले सतर्क भएर जान अर्थ मन्त्रालय लागेको भन्दै सङ्कट टार्नका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए ।
News Desk 0 response सोमवार, चैत्र २८, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



