

-
लमजुङ : लमजुङमा सत्ता गठबन्धन दलबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज मङ्गलवार बेसीसहरमा बसेको बैठकले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जिल्लाका ८ वटै सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले चुनावमा एक भएर अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर चुनावमा अगाडि बढ्ने निर्णय भएको कांग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिए ।
जिल्लाका आठ पालिकामा गठबन्धन दलहरूको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय भएको छ ।
गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकामा मेयर तथा अध्यक्ष जितेको थियो । त्यस्तै माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो । त्यस्तै सुन्दरबजार नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेस, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा कांग्रेसले उपमेयर पद जितेको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र २२, २०७८

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



